काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नेपाली कालिगढ पलायन र विस्थापित हुँदै गएका कारण दोस्रो पुस्तामा सिप हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गरी नेपाली मौलिक क्राफ्टम्यानसिप लोप हुँदै गएकाले सिप हस्तान्तरण हुन नसकेको जनाएको हो । रोजगारीका लागि नेपाली युवाहरु जोखिमपूर्ण कामका लागि न्यून श्रम मूल्यमा […]
ललितपुर । ललितपुरको ताल्छीखेलमा ‘आर. जी. ज्वेलर्स’ खुलेको छ । बजारमा सुनचाँदीका गरगहनाहरुको माग बढ्दै गएपछि आफूले आर. जी. ज्वेलर्स खोलेको संचालक रमेश घिमिरे बताउँछन् । सुनको मूल्य बढ्दै गए पनि विवाह, ब्रतबन्ध लगायतका कार्यहरुमा सुनचाँदीका गहना आवश्यक पर्ने नेपाली समाजमा पछिल्लो समय सुनसँगै चाँदीका गहना पनि ग्राहकहरुको रोजाईमा पर्न थालेका छन् । यहि बैशाख […]
काठमाडौं । भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले सोमबार विज्ञति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो । वैशाख ४ गते मंगलबार बिहान १ बजेदेखि लागू हुने उक्त मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेल […]
काठमाडौं । बिहीबार सुन तोलामा एक हजार रुपैयाँले सस्तो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै आजदेखि नयाँ नोट साट्ने सेवा सुरु गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोटको सटही खुला गरेसँगै बैंकहरूमा नयाँ नोट लिने सर्वसाधारणहरुको भीड लागेको छ। अघिल्ला वर्षहरूमा जस्तै राष्ट्र बैंकले यसवर्ष पनि ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था गरेको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैँमा बिक्री हुने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। कामपाले विगतका वर्ष झैं यसवर्ष पनि काठमाडौंमा अस्वस्थकर खसीबोका बिक्री वितरण रोक्न यही असोज २३ गतेदेखि दशैँ लक्षित खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको कामपाले यसवर्ष घटस्थापना अगाडिबाट नै खसीबोकाको स्वास्थ्य […]
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको निगमले खाना पकाउने ग्यासको मूल्यमा भने भारी वृद्धि गरेको छ । योसँगै […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारका लागि घटस्थापनादेखि नयाँ नोट सटही सुरु गर्ने तयारी गरेको छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल नोट सटहीको सुविधा उपलब्ध गराउने भएको हो। राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने जनाएको छ। […]
काठमाडौं । प्रत्येक १५/१५ दिनमा मूल्य अपडेट गर्ने इन्डियन आयल कर्पोरेसन आईओसीले यसपटक पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेर नेपाल पठाएको छ । नेपाल आयल निगमले दिएको जानकारी अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको छ। यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ […]
काठमाडौं । बुधबार उच्च अंक बढेर बन्द भएको नेप्से परिसूचक वर्षको अन्तिम दिन बिहीबार भने घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० स्टकको ४४ हजार ७०८ पटकको कारोबारमा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ४९ […]
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपाल पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसा घटाएर पठएको हो । भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ । […]
काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएकामा अब ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघले जनाएको छ । बिहीबार बसेको बैंकर्स संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाउने र कर्जाको प्रिमियममा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवको अर्धवार्षिक मौद्रिक समीक्षामार्फत १ महिना म्याद नाघेकालाई जरिवाना नलाग्ने व्यवस्था गरेको छ । ऋणीलाई सहुलियत दिएको राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा अनुसार २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको हो । चालू […]
काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले नेपाललाई आइतबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा, डिजेलमा २ रूपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा ७८ रूपैयाँ २२ पैसा बढेको आएको निगमले जनाएको छ। आईओसीले हरेक १५ दिनमा निगमलाई […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ। प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहन गर्न एमडीएमएस पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो । चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस यसअघि परीक्षणका रूपमा लागू गरेको थियो। […]