लुम्बिनी प्रदेशसम्म फैलिएको मनसुन सुदूरपश्चिम पुग्न अझै केही दिन लाग्ने

प्रकाशित मिति: ७ असार २०८१, बिहीबार

काठमाडौं । औसत मितिभन्दा ३ दिन छिटो नेपाल भित्रिएको यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा जेठ २८ गते भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पुगेको हो ।

यस वर्षको मनसुन सरदर मिति जुन १३ तारिखभन्दा ३ दिन छिटो अर्थात जुन १० तारिखमा कोशी प्रदेशमा भित्रिएको थियो ।

महाशाखाले बिहीबार एक बुलेटिन जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म पुग्न अझै केही दिन लाग्न सक्ने जनाएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट