नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको कार्ययोजना गोष्ठी सम्पन्न (फोटो/भिडियो )

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आईतवार

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले एक दिने कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । महासंघले आर्थिक सामाजिक समृद्धिको आधार, स्वदेशी रत्न आभुषणको विस्तार” भन्ने मूल नाराका साथ शनिबार धुलिखेलमा कार्ययोजना गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष किसान सुनारले स्वागत मन्तब्य राख्दै कार्यसमितिका सदस्य समेतलाई समेटेर २९ वटा विषयगत समिति बनाएर स्पष्ट जिम्मेवारी दिइएको बताए। महासंघले उक्त समितिहरुलाई आगामी तीन वर्षभित्र गर्न सक्ने कामहरुका बारे बजेटसहित महासंघलाई पठाउन गत बैशाख २० गते नै पत्राचार गरेको जनाएको छ ।

महासंघमार्फत व्यवसायीको हकहित व्यवस्थापन गर्न, व्यवसाय प्रवद्र्धन गर्न, राज्यका विभिन्न निकायहरुमा ऐन कानुन तर्जुमा गर्ने कुरामा बहस पैरवी गर्न महासंघले सहकार्य गर्ने अध्यक्ष सुनारले बताए ।

कार्यक्रममा महासंघका सल्लाहकार एवम् कार्ययोजनाका सहजकर्ता बद्रीप्रसाद कोइराला, महासंघका सल्लाहकार तथा जेम्स एण्ड ज्वेलरी काउन्सिलका सदस्य रामप्रसाद लकान्द्री, महासंघका प्रथम उपाध्यक्ष, व्यवसायिक सहायता केन्द्र र व्यापार मेलाका संयोजक द्वारिका शंकर, महासंघका उपाध्यक्ष, सुन आपूर्ती तथा बिक्रि वितरण व्यवस्थापन समितिका संयोजक सुधिर अग्रवाल, घरजग्गा व्यवस्थापन समिति महासंघका सचिव केशब विश्वकर्मा, गुणस्तर परिक्षण विभाग तथा प्रतिवेदन सिफारिस समितिका संयोजक तथा महासंघका कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा,  सुचना तथा प्रविधि समितिका संयोजक तथा बागमती प्रदेशका अध्यक्ष हेम राईलगायतले आ-आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा सबै विषयगत समितिहरुले दिएका सुझावहरुबारे छलफल गरिएको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट